मुक्तिको अन्तिम तयारीमा
मुक्तिको अन्तिम तयारीमा पाखा–पखेरा कान्लाहरू हिमाल पहाड तराइहरू अनि देशका अङ्गअङ्ग र अवयवहरू परिवर्तनको दृढ शंखघोष गर्दै एकसाथ कसिलो र दर्बिलो बाहुपासमा दिनको पहिलो प्रहरलाई स्वागत गर्न गर्वले हिमालझैँ उँचो शिर बनाउँदै आचारविहीन भ्रष्टको अन्त्यका लागि नयाँ बिहानी जन्माउने प्रशवपीडामा छटपटाइरहेछन् सपनाहरू…